राष्ट्रिय बीमा कम्पनीको भ्रष्टाचार ढाकछोप गर्नुपर्ने भन्दै सीईओ श्रेष्ठ दिनभर अर्थ मन्त्रालयमा

१७ पुष २०८१, बुधबार ११:३५

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका सिईओ डा. शिवहरि श्रेष्ठ हिजो दिनभर अर्थ मन्त्रालयमा भौतारिरहेका थिए । राष्ट्रिय बीमा कम्पनीभित्र भएको आर्थिक भ्रष्टाचार र अनियमितताको बारेमा समाचार बाहिरिएसँगै उच्च तहका कर्मचारीहरू कारवाहीमा पर्ने सम्भावनाका बीच सीईओ श्रेष्ठ दिनभर अर्थ मन्त्रालयमा पुगेर भ्रष्टाचारीहरूलाई जोगाउने प्रयत्न गरिरहेको दृष्य निकै रोचक बनेको अर्थ मन्त्रालयभित्रै चर्चाको बिषय बनेको छ ।

हजुर हजुर भन्दै अर्थमन्त्रालयका चोटा कोठामा घुमिरहेका सिईओ श्रेष्ठले सचिवलाई भेटेर कारवाहीबाट जोगाउने प्रपञ्च गरिरहेको सूचना प्राप्त भएको छ । त्यसो त सीईओ आफैँ पनि भ्रष्टाचारी हुन् । उनलाई यसअघि खाद्य व्यापार कम्पनीमा सीईओ हुँदा भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको थियो । उतिबेला सीईओ श्रेष्ठले नातामा दाई पर्ने सर्वोच्चका तत्कालीन न्यायाधीश विश्वम्भर श्रेष्ठको पावर लगाएर बिशेष अदालतबाट सफाई पाएका थिए ।

आफैँ भ्रष्टाचारी भइसकेपछि राष्ट्रिय बीमा कम्पनीका भ्रष्टाचारीहरूलाई पनि अर्थ मन्त्रालयमा पुर्याएरै भएपनि कारवाहीबाट जोगाउन प्रयास गरिरहँदा उनमा कुनै पनि हीनताको भावना देखिएको छैन । बीमापोष्टले हिजो दिनभर अर्थ मन्त्रालयमा घुमिरहेकोबारे सिईओ श्रेष्ठसँग जिज्ञाशा राख्न खोज्दा कुनै जवाफ दिन चाहेनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*