एशियन लाइफ इन्स्योरेन्सको सीईओमा श्रेष्ठ पुनः नियुक्त
१७ पुष २०८१, बुधबार ११:१७
काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दिनेश लाल श्रेष्ठलाई पुनः नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकको निर्णयले आगामी चार वर्षको लागि श्रेष्ठलाई सीईओ नियुक्त गरेको हो ।
कम्पनी सञ्चालक समितिले कार्यकारी अधिकृतमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णयको अनुमतिको लागि नेपाल बीमा प्राधिकरणमा पत्र पठाएको छ । प्राधिकरणले उक्त सीईओ नियुक्ति सम्बन्धि पत्रलाई अनुमति दिएसँगै आगामी चार वर्षको लागि उनी सीईओ पदमा नियुक्त हुनेछन् ।
उनको पहिलो कार्यकाल पुस मसान्तमा सकिँदैछ । २०७७ माघ १ गतेबाट कार्यभार सम्हालेका उनले अब थप ४ वर्ष एशियन लाइफ इन्स्योरेन्समा रहेर २०८५ साल पुस मसान्तसम्म कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्।