महुली लघुवित्तको एफपिओ शुक्रबार बाँडफाँट हुने, कति जना हुन्छन् मालामाल ?

१७ पुष २०८१, बुधबार १०:५३

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँटको शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले पुष १९ गते एफपिओ बाँडफाँटको तयारी गरेको हो । शुक्रबार बाँडफाँट गरिने भएपनि समय भने तय भइनसकेको क्यापिटलले जनाएको छ ।

एफपिओमा १७ लाख ३८ हजार ३०९ जनाको हात रित्तो हुनेछ । सिडिएसका अनुसार कम्पनीको एफपीओमा अन्तिम दिनसम्म २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

एफपिओमा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ५२.३४ गुणा बढी हो । कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ जारी गरेको थियो । जस अनुसार पाउने ४७ हजार ५४४ ले मात्र १०।१० कित्ता दरले शेयर हात पार्नेछन् ।

क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जानाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*