यूनिक हाईडेल कम्पनीले आईपीओ निष्कासन गर्ने

१७ पुष २०८१, बुधबार ०८:५३

काठमाडौं । यूनिक हाईडेल कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले यसका लागि यही आउदो माघ ९ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले सर्वसाधारणमा आईपीओ निष्कासन गर्नका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*