बलेफी हाइड्रोपावरको हकप्रद शेयर किन्ने आज अन्तिम दिन

१७ पुष २०८१, बुधबार ०६:४८

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि बिक्री गरिरहेको शतप्रतिशत हकप्रद शेयर किन्ने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ। यस शेयर खरिदका लागि आज बैंकिङ्ग सयमसम्म मात्रै आवेदन दिन सकिनेछ।

यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरिरहेको छ।

हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले गत का्ित्तक २१ गते बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा कात्तिक २० गतेसम्म कायम शेयरधनीहरूले मात्रै यो हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*