पृथ्वीमा २०२५ लाई स्वागत सुरु, न्यूजिल्यान्ड बन्यो पहिलो राष्ट्र

१६ पुष २०८१, मंगलवार १८:३७

काठमाडौँ । सन् २०२५ लाई पृथ्वीमा स्वागत सुरु भएको छ । स्वागत गर्नेमा न्यूजिल्यान्ड पहिलो राष्ट्र बनेको हो । न्यूजिल्यान्डको अकल्यान्डले २०२५ लाई स्वागत गर्ने पहिलो प्रमुख सहर बनेको छ ।

हजारौं मानिसहरूले नयाँ वर्षको प्रतिक्षामा काउन्टडाउन गर्दै अकल्यान्डको आकाशमा चम्किला आतिशबाजी र स्काई टावरबाट सुरू भएका रंगीन प्रदर्शनहरूको आनन्द लिए । दक्षिण प्रशान्त महासागरका देशहरू नयाँ वर्ष मनाउने पहिलो स्थानमा पर्छन् । न्यूयोर्कको टाइम्स स्क्वायरमा मध्यरातको बल ड्रप हुनुभन्दा १८ घण्टा पहिले न्यूजिल्यान्डमा नयाँ वर्ष सुरू हुन्छ ।

यसरी विश्वभर विभिन्न सहरहरूले स्थानीय संस्कृति र परम्परालाई प्राथमिकता दिँदै नयाँ वर्षको स्वागत गर्ने तयारी गरेका छन् । २०२५ लाई स्वागत गर्ने यी उत्सवहरूले विश्वभरका मानिसहरूको उत्साह र आशालाई प्रतिबिम्बित गर्छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*