राइड सेयरिङलाई रोक नलगाउन, ब्यवस्थित गर्नुः सर्वोच्च अदालत
१६ पुष २०८१, मंगलवार १७:२९
काठमाडौँ। सर्वोच्च अदालतले नेपालमा राइड सेयरिङ व्यवसायलाई रोक्न नमिल्ने फैसला सुनाएको छ। अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश टेकप्रसाद ढुंगानाको पूर्ण इजलासले यो व्यवसायले ठूलो मात्रामा रोजगारी सिर्जना गरिरहेको र सर्वसाधारणलाई सुविधा पुगेको भन्दै यसलाई व्यवस्थित गरेर सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो।
यसअघि, अधिवक्ता श्यामकुमार श्रेष्ठले पठाओ नेपाल कम्पनीविरुद्ध रिट दायर गरेका थिए। अदालतको निर्णयसँगै पठाओ, इनड्राइभ, टुटल जस्ता राइड सेयरिङ कम्पनीहरूको कार्यक्षेत्रलाई वैधता प्राप्त भएको छ ।