एकैदिन पाँच कम्पनीको शेयर मूल्य समायोजन, भोलिदेखि कतिमा खुल्छ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाँच कम्पनीको शेयर मुल्य समायोजन भएको छ । आज लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त, शिवम् सिमेन्ट्स र डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन भएको हो ।
लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २२४ रुपैयाँ ७६ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सय ३६ रुपैयाँमा भएको थियो ।
यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले ३.६५१६ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३७२ रुपैयाँ ४० पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३८६ रुपैयाँमा भएको थियो ।
साना किसान विकास लघुवित्तको १३.३० प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८१४ रुपैयाँ ६५ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ९२३ रुपैयाँमा भएको थियो ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ८.५५ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५१२ रुपैयाँ २१ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५५६ रुपैयाँमा भएको थियो ।
डिप्रोक्स लघुवित्तको ९.५० प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ७८५ रुपैयाँ ३९ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ८६० रुपैयाँमा भएको थियो ।
आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा बुधबार कारोबार हुनेछ ।