संघर्षले बीमा व्यवसायमा जमेका सिटिजन लाइफका अभिकर्ता केशीको प्रगती, २ सय जनाको जीवन रक्षावरण गर्न सफल (भिडियोसहित)
भनिन्छ, मानिसको जिन्दगीको यात्राको राजमार्ग कहिल्यै सरल हुँदैन । सहज पनि हुँदैन र अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताका रुपमा काम गरिरहेका एजेन्सी म्यानेजर पेशल कुमार केसीले सरल राजमार्गमा आफ्ना पाइलाहरू अगाडी बढाइरहेका छन् ।
सायद अब उनलाई फेरि ती अफ्ठ्यारा घुम्तीहरूमा ठोकिन पर्नेछैन । ती अप्ठ्यारा घुम्तीहरू पार गर्न उनलाई सिटिजन लाइफ इन्स्योरेन्सले ठूलो सहयोग गरेको छ । जीवनको उर्वर शक्ति नै बीमा क्षेत्रमा बिताइरहेका केसी विगत ७ वर्षदेखि बीमा व्यवसायमा तल्लिन रहेका छन् ।
प्रत्येक मानिसले सफलता प्राप्त गर्न निरन्तर संघर्ष गर्नुपर्छ भन्ने ज्वलन्त उदाहरण बनेका छन् सोलुखुम्बुका पेशल कुमार केसी । उनी सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ बानेश्वर शाखा कार्यालयमा एजेन्सी म्यानेजरको रूपमा आवद्ध रहेका छन् । युवा जोश जागर तथा क्षमतालाई आत्मसाथ गर्दै बीमा व्यवसाय गरिरहेका उनी आम नागरिकको सुख दुःख का सारथी बनेका छन् ।
सोलुखुम्बु जिल्लाको सोलुदूतकुण्ड नगरपालिका– ५ मा जन्मिएका उनले काठमाडौँको त्रिचन्द क्याम्पसबाट स्नाकोत्तर तह उत्तिर्ण गरेका छन् । देशमा रहेको बेरोजगारी समस्यालाई निराकरण गर्न समेत बीमा अभिकर्ता व्यवसायले धेरै ठूलो सहयोग पुर्याउने उनको धारणा रहेको छ ।
विगत ७ वर्षदेखि निरन्तर बीमा व्यवसायमा सक्रिय रहेका केसीले आफूलाई उदाहरणीय र व्यवसायिक बीमा अभिकर्ताको आफ्नो अलग्गै परिचय बनाउन सफल भएका छन् । बीमा बाहेक ट्राभन्स व्यवसायमा समेत आवद्ध रहेका केसीले हालसम्म २ सय जनाबढी नागरिकहरूको बीमा गराई जीवन रक्षावरण गर्न सफल भएका छन् ।
२०७४ सालमा अभिकर्ता कोड प्राप्त गरेर बीमा व्यवसायको सुरुवात गरेका हुन् । आफ्नो जीवनमा थुप्रै क्षेत्रमा काम गरेर अनुभव बटुलेका केसीले बीमा अभिकर्ता पेशालाई सर्वोपरी मानेर जिवन बिताउने उद्देश्य रहेको उनी सुनाउँछन् । यस पेशमा आर्थिक रुपका साथै सेवा भाव तथा विभिन्न सम्मान र इज्जत रहेका कारण आफु निरन्तर आवद्ध भएर लागिरहने योजना गरेको उनी सुनाउँछन् ।
‘मानिसको जिवनमा हजारौं संकट आउन्छन् र आर्थिक रुपमा समेत समस्या उत्पन्न भएको अवस्थामा मात्र बीमाको महत्व थाहा हुन्छ।’ उनले भने, ‘तर आजभोलि समाज परिवर्तन भइसकेको छ । पहिले बीमालाई आम्दानीको रुपमा मात्र लिने मानिसहरुले आजभोलि आम्दानीका साथै रिस्क कभरेजबारे बुझेर हामीलाई बोलाएर बीमा गर्ने गरेका छन् ।’
आम नागरिकहरुसँग बोल्ने नरम शैलि र वित्तीय क्षेत्रको राम्रो ज्ञान भएका पेशललाई आफ्नो बीमा कम्पनीको अभिकर्ता बन्न धेरैले आग्रह गर्छन् । सुरुदेखि नै सिटिजन लाइफ इन्स्योरेन्सको बानेश्वर शाखा कार्यालयमा चौथो अभिकर्ताको रुपमा प्रवेश गरेर व्यवसाय गर्नुका साथै शाखा कार्यालयलाई आफु र सम्पूर्ण अभिकर्ताको साथ सहयोगले देशकै नम्बर १ वनाएको कारण सिटिजन लाइफलाई छोड्ने कुरा सोच्न समेत नसकिने उनी बताउँछन् ।
बजारमा थुप्रैले अभिकर्ता लाईसेन्स लिएका हुन्छन् । तर, नागरिकले विश्वासिलो, परिचित र व्यवसायिक अभिकर्तासँग मात्र बीमा गराउने गरेको केसीको बुझाई छ । ‘बीमा गराउँन नागरिकहरुलाई शर्तमा भएका कुराहरु मात्र उल्लेख गर्नुपर्ने हुन्छ । शर्त बाहेकका अनावश्यक कुराहरु भनेर बीमा गराउँदा पछि अप्ठ्यारो पर्ने र कम्पनीप्रति बीमितको धारण नकारात्मक पर्न जान्छ । त्यसैले शर्त र नागरिकहरुलाई विभिन्न आवश्यक विशेषता बुझाएर नै बीमा गराउन आवश्यक छ ।’ उनले भने ।
नागरिकले बीमा दाबी भुक्तानीको समयमा भोग्नु परेका समस्याले गर्दा बीमा सम्बन्धी झन् नकारात्मक धारणा फैलिएको उनको बुझाइ छ । केसीका अनुसार अभिकर्ता भनेको कम्पनी र बीमितबीचको पुल हुन् । सफल र व्यवसायिक अभिकर्ता हुन आफ्ना बीमितप्रति सँधै इमान्दार र उदार रहनुपर्ने उनको धारणा छ ।
सात वर्षबढी अवधि बीमा क्षेत्रमा बिताएका केसीले चलाएको बीमा अभियानले बीमा गरेर जीवन रक्षावरण गर्न चाहने बीमितलाई त राहत मिलेकै छ । त्यसबाहेक कमजोर आर्थिक अवस्था भएका घरपरिवारका वस्तीमा पनि उनले चलाएको बीमा अभियानले बीमा सचेतना अभियान समेत विस्तार भएको छ । आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमाको क्षेत्रको फराकिलो दायरा वृद्धि गर्दै अगाडि बढ्ने प्रतिवद्धता र आत्मविश्वास बढेको बताएका छन् ।