शेयर बजार राताम्य हुदाँ समेत यी कम्पनीको शेयरमा हरियाली
१६ पुष २०८१, मंगलवार १५:१७
काठमाडौँ । कारोबार साताको दोस्रो दिन शेयर बजारमा भारी गिरावट आएतापनि २८ कम्पनीको शेयरमा हरियाली छाएको छ । आज नाडेप लघुवित्तको शेयरमूल्य ४.०१ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ ।
उपकार लघुवित्त, नेपाल इन्फ्रास्टक्चर बैंक, रशुवागढी हाइड्रोपावर, नेपाल रि इन्स्योरेन्स लगायतका कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।
बजारमा कारोबार गर्ने ठूला लगानीकर्ताहरुले वर्तमान सरकार ढल्ने तथा विभिन्न अफवाह फैलाउँदै बजारलाई घटाएर ठूला कम्पनीका शेयर हात पार्ने दाउँ खेलिरहेका छन् ।