प्रभु बैंक र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी

१६ पुष २०८१, मंगलवार १५:०६

काठमाडौँ । कारोबार साताको दोस्रो दिन शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० को बिन्दुमा कायम भएको छ ।

मंगलबार पनि प्रभु बैंकको सबैभन्दा बढी कारोबार भएको छ । आज बैंकको ३५ करोड ९४ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

त्यस्तै, नेपाल फाइनान्सको १७ करोड ७ लाख रुपैयाँ, जानकी फाइनान्सको १४ करोड ४२ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १२ करोड २८ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

बजारमा कारोबार गर्ने ठूला लगानीकर्ताहरुले वर्तमान सरकार ढल्ने तथा विभिन्न अफवाह फैलाउँदै बजारलाई घटाएर ठूला कम्पनीका शेयर हात पार्ने दाउँ खेलिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*