बीमा प्राधिकरणको अध्यक्ष नियुक्ती प्रक्रियामाथि छलफल, कार्यबिधि बनाएपछि मात्रै औपचारिक प्रक्रिया सुरु हुने

१६ पुष २०८१, मंगलवार १४:५२

काठमाडौं । बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया नेपाल सरकारले सुरु गरेपनि मन्त्रिपरिषदले गठन गरेको अध्यक्ष छनौट समितिले औपचारिक कार्य सुरु गर्न अझै केही दिन लाग्ने बताइएको छ ।

मन्त्रिपरिषदले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थ सचिव राम प्रसाद घिमिरे र ज्योतिचन्द्र ओझा सम्मिलित समिति गठन गरेको छ । सो समितिका सदस्य ओझा उपत्यका बाहिर भएकोले कार्यबिधि बनाउन केही ढिलाई भएको थियो । सदस्य ओझा काठमाडौं आएर जिम्मेवारी लिइसकेकोले अब पहिलो काम कार्यबिधि बनाउने हुनेछ ।

अध्यक्ष छनौट समितिको बैठक बसेर कार्यबिधि बनाई सोही कार्यबिधिका आधारमा छनौट गरिएका तीन जना व्यक्तिको नाम सरकारलाई सिफारिस गर्नेछ । छनौट समितिले विगतमा झै आवेदन नै माग गरी सार्वजनिक सूचना जारी गर्ने वा छनौट समितिले कम्तीमा तीन दिन सम्भावित व्यक्तिहरुको नाम छनौट गरेर नेपाल सरकारलाई बुझाउने भन्ने सम्बन्धमा छलफल भइरहेको छ ।

कार्यबिधि जस्तो बनाइन्छ, सोही आधारमा नयाँ अध्यक्ष छनौट प्रक्रिया अघि बढ्नेछ । यसअघि सेबोनमा कार्यबिधि बनाउँदा सार्वजनिक रुपमा आवेदन माग गरिएको थियो । यस पटक आफ्ना मान्छे सेटिङ गर्नको लागि कार्यबिधि देखि नै सेटिङ गरेर मन्त्रिपरिषदबाट सिधैं अध्यक्ष नियुक्ती गर्ने कोणबाट पनि छलफल भएको तर अन्तिम टुंगो छिट्टै लगाइने अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

अर्थमन्त्री बिष्णु पौडेल घुस सेटिङमा नयाँ लाइसेन्स वितरण गर्ने गरी मनकामना केवलकारका मालिक राजेशबाबु श्रेष्ठ निकट व्यक्तिलाई अध्यक्ष बनाउन खोजिरहेको स्रोको दावी छ । राजेशबाबु श्रेष्ठले यसअघिका अध्यक्षकै पालामा नयाँ बीमा कम्पनीको लाइसेन्स लिन घुस रकम उठाएर तयारी अवस्थामा बसेका माफिया हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*