नेपाल आउने तयारीमा रहेको ‘बिवाईडी सिगल’ को सफ्टवेयरमा समस्या
काठमाडौँ । नेपाल आउने तयारीमा रहेको बिवाईडीको सबैभन्दा सस्तो ह्याचब्याक विद्युतीय कार सिगलको सफ्टवेयरमा समस्या देखिएको छ । चीनको राज्य बजार नियमन प्रशासनले आफ्नो बेवसाइट मार्फत एक सूचना सार्वजनिक गर्दै बिवाईडिको सिगलमा समस्या देखिएको बताएको हो ।
मल्टिमिडिया डिस्प्लेमा रहेको क्यामेरा ड्राइभरको सफ्टवेयरमा समस्या देखिएको छ । यसको कारणले केही गाडीहरूमा रिभर्स स्क्रिन देखाउन नसक्ने समस्या हुन सक्ने जनाइएको छ । यसले गाडी पछाडि फर्काउने बेला चालकको दृष्टिक्षेत्रमा बाधा पु¥याउने र सम्भावित सवारी दुर्घटनाको जोखिम बढाउन सक्ने बताइएको छ । सिगल बिवाईडिको उच्च बिक्री हुने कार मध्यको एक हो । तर, पछिल्लो समय सफ्टवेयरमा देखिएको समस्याले सिगलको बिक्री चिन लगायत अन्तर्राष्ट्रिय बजारमा घट्दो क्रममा छ ।
२०२३ को अप्रिल ७ देखि मे ३१ सम्म निर्मित १६,६६६ वटा सिगल ईभीहरू फिर्ता बोलाइएको छ । फिर्ता बोलाइएका गाडीहरूको सफ्टवेयर बिवाईडिले निःशुल्क अपग्रेड गर्नेछ । यो प्रक्रिया ओटीए प्रविधिमार्फत गरिने भनिएको छ । बिवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले अबको केही महिना भित्र नेपालमा सिगल ल्याउने तयार गरेको छ ।
बिवाईडिद्वारा डल्फिन गाडीमा आगलागी समस्या रहेको स्वीकार, एक लाख गुणस्तरहीन सवारी फिर्ता गर्ने निर्णय