१७ लाखको हात रित्तो हुने महुली लघुवित्तको एफपिओ कहिले हुन्छ बाँडफाँट ?

१६ पुष २०८१, मंगलवार १२:११

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ यहि साता भित्र बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार एफपिओ यहि साता भित्रै बाँडफाँट गर्ने गरी तयारी भइरहेको जनाएको हो । क्यापिटलले भन्यो, ‘हामी शुक्रबार बाँडफाँट गर्दै छौं । कुन समय भने तोकि सकेका छैनौं ।’

एफपिओमा १७ लाख ३८ हजार ३०९ जनाको हात रित्तो हुनेछ । सिडिएसका अनुसार कम्पनीको एफपीओमा अन्तिम दिनसम्म २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

एफपिओमा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ५२.३४ गुणा बढी हो । कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ जारी गरेको थियो । जस अनुसार पाउने ४७ हजार ५४४ ले मात्र १०।१० कित्ता दरले शेयर हात पार्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*