रिलायबल नेपाल लाइफ अत्तरिया शाखाका प्रेम साउद सन् २०२५ को एमडीआरटी बन्न सफल

१६ पुष २०८१, मंगलवार ११:५९

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अत्तरिया शाखाबाट प्रतिनिधित्व गर्दै एमडीआरटी २०२५ का लागि प्रेम सिंह साउद दोस्रो पटक चयन भएका छन् । कम्पनीको अत्तरिया शाखाबाट प्रेम साउदले आगामी २०२५ को लागि एमडिआरटी लक्ष्य पछ्याउन सफल भएका हुन् ।

समय सीमाको एक हप्ता अगाडि नै आफ्नो व्यक्तिगत कोडमा प्रथम बीमाशुल्क ४७ लाख पुर्‍याएर साउद एमडिआरटी २०२५ का लागि चयन हुन सफल भएका अत्तरिया शाखाका प्रमुख मोहन वहादुर बोहराले जानकारी दिए ।

पछिल्लो समय पढाइ सकेपछि र पढाइ कै वाहना पारी विदेशिने प्रचलन बढेको बेला युवा अभिकर्ता साउदले आफू स्वदेश मै सामाजिक उत्तरदायी काम गर्दै आर्थिक समृद्धि हुने सँगै आफ्ना गाउँ समाज आफन्त हरुको जीवन स्तर मा बीमा ले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।

यस अघि उनले नै बीमा गरेकी बीमित दुर्घटनाबाट अस्ताउँदा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबाट दुर्घटना वापत १० लाख १६ हजार दाबी भुक्तानी आफ्नै हातले बुझाएको र बुझाउँदा अझ आफ्नो काम र पेशा प्रति सशक्त रूपबाट लाग्ने उर्जा मिलेको उनले बताए।

इमान्दारीता र लगनशीलताको प्रतिफल साउदले प्राप्त गरेकोमा अत्तरिया शाखालाई थप उत्साह मिलेको प्रमुख बोहराको भनाई छ ।बीमा व्यवसायमा लागेर छोटो समयमा नै उल्लेख्य प्रगति गर्न सफल भएका छन् । साउद पनि विगत ३ वर्षदेखि बीमा क्षेत्रमा सक्रिय छन ।

एमडिआरटी छनोटमा परी साउदले प्राप्त गरेको उच्चसम्मानले कम्पनीका अन्य अभिकर्ता, एमडीआरटी सम्पूर्ण कर्मचारीहरूलाई थप उत्साह मिल्ने विश्वास लिइएको कम्पनीका शाखा प्रमुख मोहन वहादुर बोहरा बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*