तामाकोसीले आंशिक उत्पादन थाल्यो, उद्योगमा ८ घण्टा लोडसेडिङ यथावत्
काठमाडौँ। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आंशिक उत्पादन थालेको छ । तर, उद्योगहरूमा जारी ८ घण्टाको अघोषित लोडसेडिङ यथावत् छ ।
९ पुसदेखि माथिल्लो तामाकोसी आयोजनाबाट १ सय २० मेगावाट विद्युत् उत्पादन सुरु भएको छ । तर, ४ सय ५६ मेगावाटको ‘पिकिङ रन अफ द रिभर’ आयोजना पूर्णक्षमतामा सञ्चालनमा नआउँदा विद्युत् प्राधिकरणले उद्योगहरूमा दैनिक ८ घण्टाका दरले विद्युत् कटौती ९लोडसेडिङ० गरिरहेको छ ।
सबै उद्योग नभएर केहीमा विद्युत् कटौती गर्नुपरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अहिले ३ सयदेखि ३ सय ५० मेगावाटसम्म विद्युत् अपुग हुँदा त्यही मात्रामा उद्योगहरूमा विद्युत् कटौती गर्नुपरेको जनाइएको छ ।
त्यतिमात्र नभई ट्रान्समिसन लाइनको क्षमताले धान्न नसक्दा विद्युत् प्रसारणमा समस्या भएका क्षेत्रमा विद्युत कटौती भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको तथ्यांक अनुसार अहिले पिक आवरमा करिब २ हजार मेगाावाट विद्युत् माग छ । त्यसमध्ये मुलुकको उत्पादन र आयात समेत गरेर करिब १ हजार ६ सय मेगावाट विद्युत् आपूर्ति भइरहेको छ ।
भारतले पिक आवरमा नेपाललाई विद्युत् निर्यात नगर्ने गरी सम्झौता गरेको छ, त्यसो हुँदा भारतबाट विद्युत् आयात हुन्छ नै भन्ने ग्यारेन्टी नहुँदा उद्योगहरूमा दैनिक साढे ३ सय मेगावाट विद्युत् दिन नसकिएको प्राधिकरणले जनाएको छ ।