प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा दार्चुलामा बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले दार्चुला जिल्लाको सदरमुकाम खलंगामा १ दिने बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
आइतबार बिहान ११ बजेबाट सञ्चालन भएको उक्त कार्यक्रममा खलंगामा विभिन्न बैंक तथा वित्तिय सँस्थामा कार्यरत कर्मचारीहरु, स्थानिय उद्योगी व्यापारी, कृषकहरु तथा शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा प्रोटेक्टिभको तर्फबाट कर्मचारी द्वय देवेन्द्र बम र प्रकाश रेग्मीले लघुबीमा र दैनिक जीवनका आइपर्ने आर्थिक जोखिम न्यूनीकरणका लागि लघुबीमाको महत्व विषयमा आफ्नो प्रस्तुती राखेका थिए ।
कार्यक्रममा सहभागीहरुले लघुबीमाको बीमाशुल्क, कृषि तथा पशुपन्छी लघुबीमा, दुर्घटना लघुबीमा तथा दावी भुक्तानी प्रकृया जस्ता विषयमा जिज्ञासा राखेका थिए ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड २०७९ पौष १२ गते कम्पनी रजिष्ट्रार कम्पनीमा दर्ता भई २०७९ चैत्र २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनार्थ अनुमित प्राप्त लघुनिर्जीवन बीमा कम्पनी हो ।
धनगढी कैलालीमा मुख्य कार्यालय रहेको यस कम्पनीले दार्चुला जिल्लामा समेत आफ्नो कार्यालय विस्तार गरेको छ ।