गोर्खाज फाइनान्सको सीईओमा प्रकाश चन्द्र अधिकारी नियुक्त
१६ पुष २०८१, मंगलवार १०:३७
काठमाडौँ । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश चन्द्र अधिकारी नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको पुष १४ गते बसेको ५०३ औं बैठकले आगामी चार वर्षको लागि अधिकारीलाई कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।