डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । आज पुस १६ गते डिप्रोक्स लघुवित्त वित्तीय संस्था लगायत अन्य पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि पुस १७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन्।
यस लघुवित्तले चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ।यो प्रस्ताव पारितका लागि पुस २६ गते शुक्रबार चितवनको सौराहास्थित होटल सेभेन स्टार लिमिटेडमा बिहान १० बजेदेखि सभा बस्ने निर्णय गरेको छ।
सभाले गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याइनेछ भने ३ जना सञ्चालकको निर्वाचन गरिनेछ।
बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न र अन्य लघुवित्त संस्थासँग मर्जरमा जान सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।
पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति?