प्रभु महालक्ष्मी लाइफका चिफ एजेन्सी म्यानेजर आर्यन खान सन २०२५ को सिओटी बन्न सफल
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चिफ एजेन्सी म्यानेजर आर्यन खान सन् २०२५ को लागि कोर्ट अफ दि टेबल ‘सिओटी’ बन्न सफल भएका छन् । सन् २०२५ का लागि कुल एक करोड ४० लाख ७८ हजार रुपैयाँ बीमा शुल्क आर्जनको लक्ष्य पुरा गर्दै उनी ‘सिओटी’ बन्न सफल भएका हुन् ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बुटवल शाखा कार्यालयमा आबद्ध भई जीवन बीमा व्यवसाय गर्दै आएका अभिकर्ता खान सन २०२३, २०२४ र २०२५ सहित लगातार तीन पटक एमडीआरटी समेत बन्न सफल भएका छन् । कम्पनीको प्रेसिडेन्ट क्लब मेम्बर समेत रहेका उनले देश तथा विदेशमा रहेका नेपाली नागरिकहरुको बीमा गरी उनीहरुको जीवन रक्षावरण गर्न पाउँदा एकदमै खुशी महशुस भएको बताए ।
चिफ एजेन्सी म्यानेजर खानले सन २०२५ को सीओट लक्ष्य प्राप्त गर्न सफल बनाउँने आम बीमित, कम्पनीका उच्च व्यवस्थापक, लुम्बिनी प्रदेश प्रमुख कृष्ण प्रसाद पोखरेल, शाखा प्रमुख राम प्रसाद शर्मा तथा कतार लगायतका देशमा रहेका सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
साथै उनले आफुलाई बीमा क्षेत्रमा प्रवेश गराएर व्यवसाय गर्न सहयोग तथा हौसला प्रदान गर्ने यमलाल न्यौपाने लगायतलाई समेत विशेष आभार व्यक्त गरेका छन् ।