नेको इन्स्योरेन्सको लगानी झण्डै साढे ६ अर्ब, कुन क्षेत्रमा कति?

१५ पुष २०८१, सोमबार १३:०२

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको प्रथम त्रैमाससम्म् विभिन्न क्षेत्रमा गरी कुल ६ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ लगानी गरेको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेको इन्स्योरेन्सले ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा सर्वाधिक लगानी गरेको छ। कम्पनीले यसमा मात्रै ४ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ।

त्यस्तै कम्पनीले ‘ख’ वर्गको बैंकको मुद्दती निक्षेपमा ६७ करोड ३० लाख रुपैयाँ र ‘ग’ वर्गको बैंकको मुद्दती निक्षेपमा १३ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ।

यस कम्पनीले सूचीकृत कम्पनीको शेयरमा ६२ करोड २२ लाख रुपैयाँ लगानी गरेको छ भने अन्य संस्थापक शेयरमा पनि ४५ लाख रुपैयाँ लगानी गरेको छ। यस कम्पनीले बैंकहरूको अग्राधिकार शेयर, इन्भेष्टमेन्ट कम्पनीको शेयर र सूचीकृत नभएका कम्पनीको शेयरमा भने लगानी गरेको छैन।

कम्पनीले सूचीकृत कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा ३४ करोड ९७ लाख रुपैयाँ, कृषि उत्पादन, सौर्य ऊर्जा, सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा ११ करोड २ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फण्डमा ५ करोड ६५ लाख रुपैयाँ र अन्यमा २० लाख रुपैयाँ लगानी गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*