प्रभु महालक्ष्मी लाइफद्वारा विभिन्न स्थानमा शाखा प्रमुख माग, कति चाहिन्छ शैक्षिक योग्यता र अनुभव ? 

१५ पुष २०८१, सोमबार १२:५५

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै आज १२ स्थानमा रहेका शाखा कार्यालयको शाखा प्रमुखमा कर्मचारी माग गरेको हो ।

कम्पनीले जारी गरेको सूचना अनुसार उक्त पदमा आवेदन दिनको लागि उम्मेदवारले न्युनतम स्नातक वा सो सरह योग्यता हासिल गरेको हुनुपर्ने छ । साथै, अनुभवीलाई बढी प्राथमिकता प्रदान गरिने समेत सूचनामा उल्लेख गरेको छ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले पुष २२ गतेसम्म आवश्यक कागजातसहित कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*