तीन लाख घुससहित राष्ट्रिय किताबखानाका शाखा अधिकृत कार्यकक्षबाटै पक्राउ
१५ पुष २०८१, सोमबार ०६:५४
काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी मार्गमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईलाई तीन लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यकक्षबाटै पक्राउ गरेको छ।
शाखा अधिकृत प्रसाईले पेन्सनपट्टा बनाउने काममा घुस माग गरिरहेको सूचना अख्तियारमा पुगेपछि आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट टोली खटिएर गएको थियो। सोही टोलीले प्रसाईलाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा आइतबार कार्यकक्षबाटै पक्राउ गरेको हो।
अख्तियारले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन्।