बिवाईडिद्वारा डल्फिन गाडीमा आगलागी समस्या रहेको स्वीकार, एक लाख गुणस्तरहीन सवारी फिर्ता गर्ने निर्णय

काठमाडौँ । नेपाली अटो बजारमा लोकप्रिय मानिएको बिवाईडिको डल्फिन गुणस्तरहीन भएको तथ्य बाहिर आएको छ । हेर्दा आकर्षक तर गुणस्तरमा समस्या रहेको बिवाईडिको डल्फिन र युआन प्लस निर्माण प्रक्रियामा त्रुटि भएको कम्पनीले स्वीकार गरेको हो । गम्भीर समस्या रहेको कारणले चीनमा करिब एक लाख सवारी फिर्ता बोइएको छ । चीनको राज्य बजार नियमन प्राधिकरणका अनुसार बिवाईडिले २०२४ सेप्टेम्बर ३० देखि चीनमा ९६ हजार ७१४ वटा डल्फिन र युआन प्लस सवारी साधनलाई फिर्ता बोलाएको छ । आगलागीको जोखिमका कारण उक्त गाडि फिर्ता बोलाइएको जनाएको छ । फिर्ता बोलाइएको ८७ हजार ७६२ वटा डल्फिन २०२३ फेब्रअरी ४ देखि २०२३ डिसेम्बर २६ बीच उत्पादन गरीएका हुन् भने ८ हजार ९५२ वठा युआन प्लस सन् २०२२ नोम्भेम्बर २ देखि सन् २०२३ जुन १९ बीचमा भएको उत्पादन हो । निर्माण प्रक्रियामा भएको त्रुटिका कारण स्तम्भ–सहायक विद्युत शक्ति स्टीयरिङ कन्ट्रोलरको सर्किट बोर्डमा रहेको क्यापासिटरमा माइक्रोक्रयाक्स (साना चिरा) देखिने छ । यी चिराहरु सवारीसाधनको प्रयोगका क्रममा बढ्न सक्ने जनाएको छ । उक्त सवारीमा देखिएको यस्तो समस्याले सर्ट सर्किट, क्यापासिटरको अत्यधिक गर्मी र आगलागीको जोखिम निम्त्याउन सक्ने देखिएको हो । बिवाईडिले अधिकृत डिलरहरूलाई फिर्ता गरिएका सवारीसाधनहरूमा कन्ट्रोलर इन्सुलेशन गास्केट निःशुल्क जडान गर्न निर्देशन दिएको छ । साथै सम्भावित सुरक्षा खतराहरु समेत समाप्त गर्ने भनेको छ । चीनको सबैभन्दा … Continue reading बिवाईडिद्वारा डल्फिन गाडीमा आगलागी समस्या रहेको स्वीकार, एक लाख गुणस्तरहीन सवारी फिर्ता गर्ने निर्णय