बिवाईडिद्वारा डल्फिन गाडीमा आगलागी समस्या रहेको स्वीकार, एक लाख गुणस्तरहीन सवारी फिर्ता गर्ने निर्णय

१४ पुष २०८१, आईतवार १७:२८

काठमाडौँ । नेपाली अटो बजारमा लोकप्रिय मानिएको बिवाईडिको डल्फिन गुणस्तरहीन भएको तथ्य बाहिर आएको छ । हेर्दा आकर्षक तर गुणस्तरमा समस्या रहेको बिवाईडिको डल्फिन र युआन प्लस निर्माण प्रक्रियामा त्रुटि भएको कम्पनीले स्वीकार गरेको हो ।

गम्भीर समस्या रहेको कारणले चीनमा करिब एक लाख सवारी फिर्ता बोइएको छ । चीनको राज्य बजार नियमन प्राधिकरणका अनुसार बिवाईडिले २०२४ सेप्टेम्बर ३० देखि चीनमा ९६ हजार ७१४ वटा डल्फिन र युआन प्लस सवारी साधनलाई फिर्ता बोलाएको छ । आगलागीको जोखिमका कारण उक्त गाडि फिर्ता बोलाइएको जनाएको छ ।

फिर्ता बोलाइएको ८७ हजार ७६२ वटा डल्फिन २०२३ फेब्रअरी ४ देखि २०२३ डिसेम्बर २६ बीच उत्पादन गरीएका हुन् भने ८ हजार ९५२ वठा युआन प्लस सन् २०२२ नोम्भेम्बर २ देखि सन् २०२३ जुन १९ बीचमा भएको उत्पादन हो ।

निर्माण प्रक्रियामा भएको त्रुटिका कारण स्तम्भ–सहायक विद्युत शक्ति स्टीयरिङ कन्ट्रोलरको सर्किट बोर्डमा रहेको क्यापासिटरमा माइक्रोक्रयाक्स (साना चिरा) देखिने छ । यी चिराहरु सवारीसाधनको प्रयोगका क्रममा बढ्न सक्ने जनाएको छ । उक्त सवारीमा देखिएको यस्तो समस्याले सर्ट सर्किट, क्यापासिटरको अत्यधिक गर्मी र आगलागीको जोखिम निम्त्याउन सक्ने देखिएको हो ।

बिवाईडिले अधिकृत डिलरहरूलाई फिर्ता गरिएका सवारीसाधनहरूमा कन्ट्रोलर इन्सुलेशन गास्केट निःशुल्क जडान गर्न निर्देशन दिएको छ । साथै सम्भावित सुरक्षा खतराहरु समेत समाप्त गर्ने भनेको छ । चीनको सबैभन्दा ठुलो ईभी सवारी गाडि उत्पादन बिवाईडिका गाडिमा देखिएका यस्ता समस्याले ग्राहकको विश्वनियता घटाउँदै लगेको छ ।

तर, बिवाईडिको नेपालको आधिकारिक विक्रेता साइमेक्स इंकले भने गुणस्तरहीन गाडि धमाधम बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले गाडि फिर्ताका लागि कुनै प्रक्रिया अपनाएको छैन । उल्टै उनै गुणस्तरहीन सवारी धमाधम ग्राहकहरुलाई जिम्मा लगाउँदै आएको छ ।

विबाईडिको अटो ३ नेपाल ल्याउँदा करछलि गरेको आरोप लागेको साइमेक्सले डल्फिन र युआन प्लस गुणस्तरहीन हुँदा हुँदै पनि ग्राहकलाई ठग्दै बिक्री गरि रहेको छ । डल्फिन नेपाली बजारमा ४१ लाख १५ हजार रुपैयाँमा बिक्री हुँदै आइरहेको छ ।

यो पनि

बिवाईडि गाडीको ड्यास बोर्ड कनेक्सन गर्ने वायर नेपालमा नपाइने समस्या, सामान्य तारको साढे २ लाख असुली

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*