सिटिजन लाइफ स्वयम्भु शाखाकी दिपा चापागाई बनिन् सन् २०२५ को सिओटी

१४ पुष २०८१, आईतवार १६:५७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वयम्भु शाखामा कार्यरत सिटिजन लिडर दिपा चापागाईँ सन् २०२५ का लागि कोट अफ द टेबल (सीओटी) बन्न सफल भएकी छिन्।

चापागाईँले तीन महिनाको अवधिमै तोकिएको लक्ष्य पूरा गरेर मिलियन राउण्ड टेबल (एमडीआरटी) बन्न सफल भएकी थिइन्। अथक मेहेनत र कडा परिश्रमका कारण सीओटीको लक्ष्य हासिल गरेसँगै चापागाईँले सन् २०२५ मा अमेरिकामा हुने एमडीआरटी/सीओटीको कनफ्रेन्समा सहभागी हुन पाउने भएकी छिन्।

चापागाईँले आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले तय गरेको सिटिजन स्टारको लक्ष्य पूरा गर्नुका साथै एकै वर्षमा नौं पटकसम्म ‘हिरो अफ द डे’ को उपाधी पनि हासिल गरेकी थिइन्।

चापागाईँको जन्मथलो संखुवासभाको खाँदबारी हो भने हाल उनी काठमाडौंको आलोकनगरमा बसोबास गर्दै आइरहेकी छिन्। चापागाईँले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गरेकी छिन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*