पाँच महिनामा ४५ हजार बीमितद्वारा ६ अर्बको बीमा पोलिसी त्याग, कुन कम्पनीको कति सरेण्डर?

१४ पुष २०८१, आईतवार १६:०९

काठमाडौं । जीवन बीमा कम्पनीहरुमा मंसिर मसान्तसम्ममा ६ अर्ब माथिको बीमा पोलिसी सरेण्डर भएका छन् । पछिल्ला महिनामा बीमा पोलिसी परित्याग (सरेण्डर) गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ। जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको संख्या बढेको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांकले देखाएको हो ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमार्फत ४५ हजार ६० वटा बीमा पोलिसी वापत ६ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका हुन् ।
यस त्रैमासम्मा एलआईसी नेपालको सर्वाधिक बीमा पोलिसी सरेण्डर भएको छ । मंसिर मसान्तसम्ममा ११ हजार ७ सय ९३ वटा बीमा पोलिसी वापत १ अर्ब ९३ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।

दोस्रोमा नेपाल लाइफ रहेको छ । कम्पनीमा यस अवधिसम्मा १० हजार ३ सय १७ वटा बीमा पोलिसी वापत १ अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार एशियन लाइफको ४० करोड रुपैयाँ, नेशनल लाइफको ३७ करोड रुपैयाँ, सूर्य ज्योति लाइफको ३२ करोड ६४ लाख रुपैयाँ, हिमालयन लाइफको २८ करोड रुपैयाँ र मेट लाइफको १७ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् ।

त्यस्तै, सानिमा रिलायन्स लाइफको १९ करोड ९५ लाख रुपैयाँ, आइएमई लाइफको ८ करोड ४३ लाख रुपैयाँ, सिटिजन लाइफको ८ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ७ करोड ८० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ४ करोड ४६ लाख रुपैयाँ र सन नेपाल लाइफको २ करोड ९४ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*