जेजु एयरको जहाज दुर्घटनामा १७९ जनाको मृत्यु, न्यूनतम चार अर्बको बीमा दावी पर्ने

१४ पुष २०८१, आईतवार ११:१७

काठमाडौं । दक्षिण कोरियामा १८१ जना सवार जेजु एयरको विमान दुर्घटनामा ठूलो मानवीय हताहती भएको छ । दुर्घटनामा २ जनाबाहेक विमानमा सवार १७९ जनाको मृत्यु भएको बताइएको छ । दुई जनाको भने जिवितै उद्धार गरिएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्ह्यापका अनुसार विमानमा १८१ मध्ये १७३ जना कोरियन नागरिक थिए, भने छ जना चालक दलका सदस्य थिए ।

बैंककबाट दक्षिण कोरिया फर्किरहेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । ल्यान्डिङ गियरको खराबीका कारण बोइङ ७३७ ८०० दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ९ः०७ मा अवतरण गर्न खोज्दा धावनमार्गबाट ​​चिप्लिएर बारसँग ठोक्किएर दुर्घटना भएको हो । दक्षिण कोरियाली आकाशमा २२ वर्षपछि पहिलो पटक हवाई दुर्घटना भएको बताइएको छ । सन् २००२ मा एयर चाइनाको विमान दुर्घटना भएको थियो । १६६ जना सवार विमान दुर्घटनामा त्यसबेला १६१ जनाको मृत्यु भएको थियो ।

बोइङ दुर्घटनापछि १७९ जना यात्रु र २०१७ मा बनेको जहाजसहित न्यूनतम चार अर्बको बीमा दावी पर्ने देखिएको छ । यस्तै, काजकिस्तानमा अजरबैजान एयरको विमान दुर्घटना भएको हप्ता दिन नपुग्दै दक्षिण कोरियामा जेजु एयरको विमान दुर्घटना भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*