दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, ८५ जनाको मृत्यु

१४ पुष २०८१, आईतवार १०:४६

काठमाडौं । दक्षिण कोरियामा आइतबार बिहान भएको विमान दुर्घटनामा ८५ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्ह्यापका अनुसार विमानमा १८१ जना सवार थिए । जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए ।

बैंककबाट दक्षिण कोरिया फर्किरहेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । ल्यान्डिङ गियरको खराबीका कारण आइतबार मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको पहिलो पटक अवतरणको प्रयास असफल भएपछि दुर्घटना अवतरण गर्ने प्रयास गरेको अधिकारीहरूले बताएका छन्।

जेजुको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ९ः०७ मा अवतरण गर्न खोज्दा धावनमार्गबाट ​​चिप्लिएर बारसँग ठोक्किएर दुर्घटना भएको हो । योन्ह्याप कै अर्को समाचारमा ल्यान्डिङ गियरमा खराबीका कारण विमान दुर्घटनामा परेको उल्लेख गरेको छ । दुर्घटनाअघि नै विमानमा समस्या देखिएको समेत अधिकारीहरुलाई उदृत गर्दै समाचारमा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*