आइएमई लाइफकी गेल्मु लामा सन २०२५ को सीओटी बन्न सफल

१४ पुष २०८१, आईतवार १०:५०

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीकी एजेन्सी म्यानेजर गेल्मु लामा शेर्पा सन् २०२५ को लागि कोर्ट अफ दि टेबल ‘सिओटी’ बन्न सफल भएकी छिन् । सन् २०२५ का लागि कुल एक करोड ४० लाख ७८ हजार रुपैयाँ बीमा शुल्क आर्जनको लक्ष्य पुरा गर्दै उनी ‘सिओटी’ बन्न सफल भएकी

आइएमई लाइफ इन्स्योरेन्सको महारागंज शाखा कार्यालयमा आबद्ध भई जीवन बीमा व्यवसाय गर्दै आएकी अभिकर्ता गेल्मु लामा गत आर्थिक वर्षमा पनि आफ्नो व्यक्तिगत कोडबाट १ करोड रुपैयाँको कारोबार गर्न सफल भएकी सफल अभिकर्ता हुन् । उनले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५० वटा बीमा पोलिसी बिक्री गर्दै कम्पनीको उत्कृष्ट अभिकर्ता बन्न सफल भएकी छिन् ।

कम्पनीमा अत्यन्तै मिहिनेती तथा मिलनसार अभिकर्ताको परिचय बनाएकी लामाले काठमाडौं उपत्यकाका हजारौ नागरिकहरूको बीमा गरी जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेकी छिन् । काठमाडौंको न्यूरोडमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आएकी लामा सन २०२५ को एमडीआरटी र सीओटी बन्न सफल भएकी हुन् ।

कम्पनीले प्रदान गर्दै आएका विभिन्न क्षमता अभिवृद्धि तालिमले अभिकर्तालाई बीमा व्यवसाय भित्र्याउन मद्दत पुग्ने गरेको उनको धारणा छ । उनले यस अवधिमा आफूलाई विश्वास गरी बीमा गराउने सम्पूर्ण बीमित र सहयोगी कर्मचारीलाई धन्यवाद व्यक्त गरेकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*