आइएमई रेमिटमार्फत् रकम पठाउने प्रमिला रोकायाले जितिन् एक करोड

१४ पुष २०८१, आईतवार १०:३४

काठमाडौं । कैलालीकी प्रमिला रोकायाले आइएमई रेमिटमार्फत विदेशबाट रकम पठाउँदा एक करोड रूपैयाँ जितेकी छिन्। आइएमईले आयोजना गरेको विशेष कार्यक्रमका क्रममा उनलाई शनिबार चेक हस्तान्तरण गरिएको हो।

जापानको क्योदाइबाट आइएमईमार्फत रकम पठाउने प्रमिलालाई कैलालीमा आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक करोड रूपैयाँको चेक हस्तान्तरण गरे। चेक बुझेपछि प्रमिलाले यो रकमबाट आफ्ना बुबा आमाका लागि घर बनाउने योजना रहेको बताइन्।

गत असोजमा काठमाडौंमा आयोजित लक्की ड्र कार्यक्रममा प्रमिलाको नम्बर छनोट हुँदा उनी ‘आइएमई गरौं, करोडपति बनौं’ योजनाअन्तर्गत विजेता बनेकी थिइन्। आइएमईले रेमिटेन्समार्फत औपचारिक माध्यमबाट रकम पठाउन प्रोत्साहन गर्न यो योजना सुरु गरेको थियो।

यो योजनामा सहभागी सेवाग्राहीहरूले आइएमई काउन्टर, बैंक खाता तथा आइएमई पे वालेटमार्फत रकम पठाएका थिए। साथै हरेक महिना एक जनाले एक लाख रूपैयाँ जितेको आइएमईले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*