कालीमाटीमा तरकारीः फर्सी २०, गोलभेडा ३० रुपैयाँ किलो

१४ पुष २०८१, आईतवार ०७:४९

काठमाडौं । कालीमाटी तरकारी बजारमा आइतबारका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज हरियो फर्सी २० रुपैयाँ, इस्कुस २५ रुपैयाँ, सानो लोकल गोलभेडा, स्थानीय काउली र लोकल बन्दा ३० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन रातो आलु ५५ र सेतो आलु ४० रुपैयाँ, पाकेको फर्सी ५० रुपैयाँ, बकूला ११० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ, ब्रोकाउली ५० रुपैयाँ र तीते करेला १०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*