अमेरिकी डलर उच्च विन्दुमा स्थिर
१४ पुष २०८१, आईतवार ०७:२३
काठमाडौं । अमेरिकी डलरको भाउ उच्च विन्दुमा स्थिर भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आइतबार डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर भएको हो।
आज एक अमेरिकी डलरको खरिदमूल्य १३६.५६ रुपैयाँ र बिक्रीमूल्य १३७.१६ रुपैयाँ रहेको छ। शनिबार पनि डलर यही मूल्यमा कारोबार भएको थियो। यो मूल्य हालसम्मकै महंगो हो।
त्यस्तै आज युरोको खरिदमूल्य १४२.४२ रुपैयाँ र बिक्रीमूल्य १४३.०४ रुपैयाँ छ भने अष्ट्रेलियन डलरको खरिदमूल्य ८४.८५ रुपैयाँ र बिक्रीमूल्य ८५.२२ रुपैयाँ तोकिएको छ।