दुई कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति ?
काठमाडौं। नेप्सेमा पुस १२ गते शुक्रबार दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बोनस प्रस्ताव गरेका सर्वोत्तम सिमेन्ट र ग्रीन भेन्चर्सको शेयर मूल्य समायोजन भएको हो ।
सर्वोत्तम सिमेन्टको ७ प्रतिशत बोनस र ग्रीन भेन्चर्सको १० प्रतिशत बोनसमा नेप्सेले मूल्य समायोजन गरेको हो । समायोजनपश्चात सर्वोत्तम सिमेन्टको शेयर मूल्य प्रतिकित्ता ७१४ रुपैयाँ ६७ पैसा र ग्रीन भेन्चर्सको प्रतिकित्ता ५१० रुपैयाँ ४५ पैसा निर्धारण भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिन बिहीबारको अन्तिम मूल्यका आधारमा शेयर मूल्य समायोजन गरेको हो। सर्वोत्तम सिमेन्टको शेयर बिहीबार दोस्रो बजारमा प्रतिकित्ता ७६४ रुपैयाँ ७० पैसा र ग्रीन भेन्चर्सको प्रतिकित्ता ५६१ रुपैयाँ ५० पैसामा अन्तिम पटक कारोबार भएको थियो ।
अब आइतबार समायोजित मूल्यलाई आधार मानेर दुबै कम्पनीको दोस्रो बजारमा कारोबार खुल्नेछ ।