ग्लोबल आइएमई बैंकलाई डिजिटल कारोबारमा उत्कृष्ट योगदान गरे बापत तीन प्रमुख अवार्ड

१२ पुष २०८१, शुक्रबार १७:५९

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल कारोबारमा उत्कृष्ट योगदान गरेकोमा राष्ट्रिय क्लियरिङ्ग हाउस लिमिटेडबाट तीनवटा प्रतिष्ठित सम्मान प्राप्त गरेको छ। बैंकले इलेक्ट्रोनिक फण्ड ट्रान्सफर कार्ड सेवामा उत्कृष्टता, मोबाइल बैंकिङ र वैकल्पिक च्यानलमा उत्कृष्टता र डिजिटल कारोबार (वाणिज्य बैंकहरू) मा उत्कृष्टता गरी तीन विधामा अवार्ड हात पारेको हो।

बैंकले डिजिटल कारोबारलाई सहज, सुरक्षित र पहुँचयोग्य बनाउन उल्लेखनीय काम गर्दै आएको छ।
डिजिटल कारोबारमा उत्कृष्टता अवार्ड प्राप्त गर्नु बैंकको नवीन प्रविधिको प्रयोग र डिजिटल सेवामा नेतृत्वदायी भूमिकाको प्रमाण हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*