सामाजिक सुरक्षा कोषद्वारा विभिन्न पदमा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

१२ पुष २०८१, शुक्रबार १६:२०

काठमाडौँ । सामाजिक सुरक्षा कोषले रिक्त रहेको पदपूर्ति गर्न कर्मचारी माग गरेको छ । कोषले एक सूचना जारी गर्दै विभिन्न पदका लागि २९ जना कर्मचारी माग गरेको हो ।

कोषले निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका लागि दरखास्त आह्वान गरेको छ । कोषले प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ प्रशासन सहायक, लेखापाल,कम्प्युटर इन्जिनियर र सहायक निर्देशक लगायत तह ४ देखि १० समम विभिन्न पदमा कर्मचारी मागेको छ ।

कोषले निर्देशक र सहायक निर्देशकको पदपूर्ति आन्तरिक प्रतियोगिताबाट र बाँकी पद लोकसेवा आयोगबाट खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्ने जनाएको छ। इच्छुक तथा योग्य आवेदकले माघ ३ गतेसम्म आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*