तीनकुनेमा व्यक्तिको जग्गा सरकारले लुटेर राखेको छः बालेन
काठडमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुनेको जग्गा मुआब्जाको मुद्दामा सरकारको निष्क्रियता प्रति गुनासो जनाएका छन्। उनले शुक्रबार कोटेश्वर महोत्सवमा सम्बोधन गर्दै ५० वर्षदेखि स्थानीय बासिन्दाको जग्गा मुआब्जाबिना राखिएकोमा सरकारको चुप्पीको आलोचना गरे। मेयर बालेनका अनुसार, सरकारले यो मुद्दामा कुनै प्रक्रिया अघि नबढाएको र हालको सरकार पनि यसबारे केही समाधान नदिएको बताए।
उनले भने, ‘पचासौं वर्षदेखि यहाँका व्यक्तिहरू मुआब्जा पाउन सकेका छैनन्। चाहे जुनसुकै सरकार आए पनि, विपक्षीले विश्वास गर्छ कि गर्दैन भन्ने विवाद छोडेर, यो मुद्दा कुनै समाधानमा पुग्न सकेको छैन। अहिले दुईतिहाइ बहुमतको सरकार छ, तर अझै केही भएको छैन।’
उनले थपे, ‘प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र स्थानीय सरकारका प्रमुख सदस्यहरू सबै यस समयमा सरकारमा छन्, तर मुआब्जा विवादको समाधान अझै प्राप्त भएको छैन।’
मेयर बालेन शाहका अनुसार, स्थानीय सरकार र त्यसका प्रमुखका लागि यो विषय विशेष महत्त्वपूर्ण हुनु पर्नेमा पनि, यदि चाँडै काम भएन भने भविष्यमा यस समस्याको समाधान नहुने चेतावनी दिए। ‘हाम्रो त उमेरभन्दा बढी समय बितिसकेको छ। यो स्थानको जग्गा लुटिएको छ’ उनले भने।