स्वर्णिम होटलले सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने
१२ पुष २०८१, शुक्रबार १४:१७
काठमाडौँ। स्वर्णिम होटल लिमिटेडले सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने भएको छ ।पुस ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने निर्णय गर्दै उक्त प्रस्ताव पारितका लागि पुस २८ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको १ बजे शुरु हुनेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले पारित गर्नेछ ।