निर्जीवन बीमकको व्यवसाय बाग्मती प्रदेशमा सर्वाधिक, अन्य प्रदेशमा कति?

१२ पुष २०८१, शुक्रबार १२:०९

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले मंसिर महिनासम्म सातै वटा प्रदेशमा गरी १७ अर्ब ५१ करोड ६६ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन्।

कम्पनीहरूले सम्पत्ति, सामून्द्रिक, हवाई, मोटर, इन्जिनियरिङ तथा ठेकाजोखा, विविध, कृषि तथा बाली र लघु बीमा शीर्षकमा उक्त राशीको रकम आर्जन गरेका हुन्।

निर्जीवन बीमा कम्पनीहरूले बाग्मती प्रदेशमा सर्वाधिक राशीको व्यवसाय गर्न सफल भएका छन्। कम्पनीहरूले यो प्रदेशमा मात्रै ११ अर्ब ६२ करोड ७२ लाख रुपैयाँबराबरको व्यवसाय गरेका छन्।

बाग्मती प्रदेश देशकै राजधानी अवस्थित र पूर्वाधारको हिसाबले पनि अन्य प्रदेशभन्दा बढी विकसित प्रदेश भएकाले कम्पनीहरूले आक्रामक रूपमा व्यापार गर्न सफल भएका हुन्।

त्यसैगरी दोस्रोमा लुम्बिनी प्रदेशबाट कम्पनीहरू बढी मात्रामा व्यवसाय भित्र्याएका छन्। यस प्रदेशबाट कम्पनीहरूले १ अर्ब ५९ करोड ९१ लाख रुपैयाँबराबरको व्यवसाय गरेका छन्।

त्यस्तै कम्पनीहरूले कोशी प्रदेशबाट १ अर्ब ५१ करोड ५६ लाख रुपैयाँबराबरको व्यवसाय गर्न गरेको नेपाल बीमा प्राधिकरणको तथ्याङ्कले देखाएको छ। मधेश प्रदेशबाट पनि कम्पनीहरू १ अर्ब २० करोड रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन्।

त्यसैगरी गण्डकी प्रदेशबाट ९६ करोड २५ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ४५ करोड २५ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट सर्वाधिक कम १५ करोड ९४ लाख रुपैयाँबराबरको व्यवसाय गरेका छन्।

कर्णाली प्रदेश भौगोलिक स्थितिले विकट तथा विकासका पूर्वाधारको दृष्टिले पनि पछाडी रहेको तए तापनि अभिकर्ता र कम्पनीहरूको अथक प्रयास र मेहनतले सो राशीको व्यापार गर्न सफल भएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*