सानिमा रिलायन्स लाइफकी नमिता न्यौपाने सन् २०२५ को टीओटी बन्न सफल

१२ पुष २०८१, शुक्रबार १०:५५

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी वरिष्ठ एजेन्सी म्यानेजर नमिता न्यौपाने सन २०२५ को लागी टीओटी बन्न सफल भएकी छिन् ।

आम अभिकर्ताहरु एमडीआरटी बन्न दिन–रात संघर्ष गरिरहेका छन् तर न्यौपाने चाँही एमडीआरटी भन्दा ६ गुणा बढीको बीमा व्यवसाय गरेर लगातार तीन पटकसहित सन २०२५ को टीओटी बन्न सफल भएकी हुन् ।

पटक–पटक एमडीआरटी–सीओटी–टीओटी सम्मको यात्रा पार गर्न सफल भएकी न्यौपाने कम्पनीको सर्वोत्कृष्ठ आकाश क्लव बिजेता र कम्पनीको व्यक्तिगत र सामुहिक कोडमा सर्वाधिक व्यवसाय गर्न सफल महिला हुन् ।

जीवन बीमा व्यवसायलाई जीवनको अभिन्न अंग बनाएर अघि बढेकी विराटनगरकी समाजसेवी नमिता न्यौपानेले छोटो अवधीमा नै आफूलाई देशकै अब्बल र स्थापित बीमा व्यवसायीको रुपमा परिचय बनाउन सफल भएकिछिन् ।

उनले गाउँका हजारौ मानिसहरुको बीमा गर्दै उनीहरुको जोखिम रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेकिछिन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*