डलरको मूल्यले फेरि बनायो रेकर्ड

१२ पुष २०८१, शुक्रबार ०७:३९

काठमाडौं । शुक्रबार अमेरिकी डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार डलरले आज फेरी नयाँ रेकर्ड बनाएको हो।

यस दिन एक अमेरिकी डलरको खरिदमूल्य १३६.१३ रुपैयाँ र बिक्रीमूल्य १३६.७३ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै महंगो हो। अघिल्लो दुई दिन डलरको खरिदमूल्य १३६.०३ रुपैयाँ र बिक्रीमूल्य १३६.६३ रुपैयाँ कायम भएको थियो।

त्यसैगरी शुक्रबार अष्ट्रेलियन डलरको खरिदमूल्य ८४.८५ रुपैयाँ र बिक्रीमूल्य ८५.२२ रुपैयाँ तोकिएको छ भने युरोको खरिदमूल्य १४१.५८ रुपैयाँ र बिक्रीमूल्य १४२.२१ रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*