ईसेवाको सिस्टममा पटक-पटक समस्या, लाखौं ग्राहकको रकम जोखिममा

११ पुष २०८१, बिहीबार १७:१३

काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवामा फेरि गम्भीर समस्या देखिएको छ। पछिल्लो समय यसमा दैनिकजसो समस्या आउने गरेको छ, जसले ग्राहकहरूको विश्वासमा गम्भीर प्रश्न उठाएको छ।

कम्पनीको प्रणाली गुणस्तरहीन भएकाले बेला–बेला समस्या देखिने गरेको छ। विशेषज्ञहरूका अनुसार ईसेवाको कमजोर सिस्टम ह्याक हुने उच्च जोखिममा छ, जसले ग्राहकहरूको रकम असुरक्षित बनाएको छ। दुई दिनअघि मात्र प्रणालीमा आएको गडबडीले लाखौं ग्राहकलाई समस्यामा पारेको थियो।

यसका बाबजुद नियामक निकाय नेपाल राष्ट्र बैंक भने मुकदर्शक बनेको छ। राष्ट्र बैंकले समस्या समाधानका लागि कुनै ठोस कदम नचाल्दा ईसेवामा बारम्बार यस्ता गडबडी देखिन थालेका छन्। ग्राहकहरू निरन्तर जोखिममा रहँदा पनि नियामक निकायको चुप्पीले डिजिटल भुक्तानी प्रणालीप्रतिको विश्वास घटाइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*