देशको अर्थतन्त्र बिचौलियाको हातबाट सरकारको हातमा फिर्ता ल्याउनुपर्छः पूर्व अर्थमन्त्री जनार्दन शर्मा

११ पुष २०८१, बिहीबार १६:५१

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र दलाल र बिचौलियाको हातमा पुगेकोले त्यहाँबाट फर्काएर राज्य मातहत ल्याउनुपर्ने बताएका छन् । १२१ औं माओ दिवसको अवसरमा आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री शर्माले भने, ‘देश बिचौलिया र दलालहरुले चलाइरहेका छन् । देशको अर्थतन्त्र उनीहरुले कब्जा गरेका छन् । समाजी अर्थव्यवस्था स्थापनाको लागि बिचौलिया र दलालको हातबाट देशको अर्थतन्त्र राज्यको मातहतमा ल्याउनुपर्दछ ।’ उनले भने, ‘दलाल पुँजिपति बर्गको हातमा रहेको अहिलेको यो आर्थिक प्रणाली, राजनीतिक प्रणालीलाई उल्टाएर उत्पीडित बर्ग, किसानको हातमा ल्याउने गरी एउटा खाका कोर्नुपर्ने आवश्यकता छ ।’

जनवादी लेखक तथा साहित्यकार खेम थपलियाद्वारा लिखित ‘जनयुद्धका डायरी समालोचना’ बिषयक पुस्तकको सार्वजनिकीकरण र ‘माओ दिवस र बर्तमान नेफाली राजनीति’ बिषय अन्तरक्रिया कार्यत्रममा पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उप महासचिव शर्माले आर्थिक नीतिको सिद्धान्तलाई माओसँग जोडेर विश्लेषण गरेका थिए । पूर्वमन्त्री शर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिई भ्रष्टाचारी र बिचौलियासँग मिलेर काम गरिरहेको र जनताले सो बारे प्रश्न गरिरहेको बताए ।

देशमा निजि क्षेत्र हावी रहेको बताउँदै निजि क्षेत्रले मुनाफा कमाउने व्यवस्था रहेको यसले गरिब झन् गरिब हुने र धनीहरु झनै धनी हुने अवस्था रहेको बताए ।

नेकपा महासचिव नेक्र बित्रम चन्दले आफ्ना मुद्दाहरु फिर्ता नलिने सरकारको निर्णयले सरकारले फेरि किलोसेरा टु, रोमियो अप्रेशन चलाउन चाहेको हो ? भनि प्रश्न गरे । उनले भने, ‘कुनै पनि सत्ता, कुनै पनि कानुनल जनताले न्यायपूर्ण आन्दोलन र संघर्ष गर्ने अधिकारलाई रोक्दैन ।’ अहिले झापा, कैलाली, नुवाकोट, चितवनमा सुकुम्बासीहरुमाथि दमन सुरु भएको भन्दै महासचिव बिप्लवले दमनको प्रतिवाद हुने चेतावनी दिए ।

बिप्लवले नेपालमा राजा पनि आउन सक्ने बताउँदै समाधान हुन नसक्ने बताए । नेपालमा राजतन्त्र, सामान्तवाद, दलाल पुँजिवाद प्रयोग भएको बताउँदै पश्चगामी अस्वीकार्य रहेको बताए । बैज्ञानिक समाजवाद ल्याउने आफ्नो अभियानप्रति दृढता व्यक्त गरे । उनले नेपालका सबै कम्युनिष्ट पार्टीहरुबीचको एकता समाजवादमा हुनसक्ने बताउँदै कम्युनिष्ट, देशभक्त र समाजवादीहरु एक ठाउँमा आउनुपर्ने अवस्था आएको बताए ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*