कर्णालीमा चलेको डन्डाले टाट पल्टिन लागेका विकास बैंक र फाइनान्स त्रसित, ११ कम्पनी संकटको बाटोमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक माथि डन्डा चलाउँदा डुब्नै लागेका विकास बैंक र फाइनान्सको शेयर मूल्यमा हलचल मच्चिएको छ । राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकले न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासन कमजोर रहेको, आर्थिक हिनामिनाको आशंका देखिएको, कमजोर तरलताका कारण निक्षेप दायित्व पूरा गर्न नसकेको र वित्तीय अपचलनको संकेत देखिएपछि बुधबार समस्याग्रस्त घोषणा गरेको हो । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख अन्तर्गत बैंकलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गर्यो । यससँगै बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा लिने व्यवस्था गर्दै तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ, जसको संयोजक उप–निर्देशक टीकाराम खतिवडालाई बनाइएको छ । यस निर्णयपछि कर्णाली डेभलपमेन्ट बैंकको शेयर नेप्सेले रोक्का गर्यो । कर्णाली डेभलपमेन्ट बैंकको जस्तै नाजुक बनि रहेका अन्य विकास बैंक र फाइनान्स कम्पनीहरूको शेयर मूल्यमा भारी गिरावट आएको छ । कर्णालीकै समस्या देखाउँदै नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि लगातार घटिरहेको छ । यी विकास बैंकहरूको खराब कर्जा अनुपात उच्च स्तरमा पुगेको छ, जसले गर्दा थप संकटको संकेत दिएको छ । विशेषगरी नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात ३४.८१ प्रतिशत पुगेको छ, जबकि सप्तकोशीको १४.७७ प्रतिशत, सिन्धुको ११.२९ प्रतिशत र एक्सेलको ११.७३ प्रतिशत रहेको छ … Continue reading कर्णालीमा चलेको डन्डाले टाट पल्टिन लागेका विकास बैंक र फाइनान्स त्रसित, ११ कम्पनी संकटको बाटोमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed