नेप्सेमा दुई कम्पनीको बोनश शेयरमूल्य समायोजन, कहिले हुन्छ कारोबार ?

११ पुष २०८१, बिहीबार १६:२१

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सर्वोतम सिमेन्टसहित दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहीबार, सर्वोतम सिमेन्ट र ग्रीन भेन्चर्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

सर्वोतम सिमेन्ट लिमिटेडको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ७६४.७० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ७१४.६७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, ग्रीन भेन्चर्स लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ५६१.५० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ५१०.४५ रुपैयाँ कायम भएको छ ।

योसँगै,अब आइतबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*