बीमा क्षेत्रका १९ कम्पनीको शेयरमूल्यमा भारी गिरावट, कुनले कति गुमाए ?
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ को बिन्दुमा कायम भएको छ।
शेयर बजार बढेतापनि बीमा क्षेत्रका लगानीकर्ताहरुले चाँही आज ठूलो मात्रामा लगानी गुमाएका छन् । यसदिन दोस्रो बजारमा कारोबार भएका बीमा क्षेत्रका १९ कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ ।
बिहीबार लाइफ इन्स्योरेन्स इन्डेक्स ३८.१७ अंकले घटेर १२४९३ को बिन्दुमा कायम भएको छ । यस इन्डेक्समा कारोबार भएका १२ वटा कम्पनीहरुमध्ये १० वटाको शेयरमूल्य घटेको छ भने दुई वटाको मात्र बढेको छ ।
आज एशियन लाइफ इन्स्याुेरेन्स र सिटिजन लाइफ इन्स्योरेन्सको मात्र शेयरमूल्य बृद्धि भएको छ । त्यस्तै, हिमालयन लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, नेशनल लाइफ इन्स्योरेन्स लगायतको शेयरमूल्य घटेको छ ।
ननलाइफ इन्डेक्स आज ३३.४९ अंकले घटेर १२४६०.४२ को बिन्दुमा कायम भएको छ । बिहीबार यस इन्डेक्समा कारोबार भएका कम्पनीहरुमध्ये ७ वटाको शेयरमूल्यमा भारी गिरावट आएको छ भने ४ वटाको मूल्य बृद्धि भएको छ ।
यस दिन नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मात्र शेयरमूल्य झिनो अंकले बृद्धि भएको छ । त्यस्तै, यस दिन आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन एभरेष्ट, सानिमा जिआइसी, युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य घटेको छ ।.
त्यस्तै, नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्स दुबैको शेयरमूल्यमा पनि भारी गिरावट आएको छ ।