प्रभु बैंकको ५० करोडको शेयर खरिद–बिक्री, यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी
११ पुष २०८१, बिहीबार १५:०७
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३० को बिन्दुमा कायम भएको छ ।
शेयर बजार झिनो अंकले बढेसँगै आज प्रभु बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको आज ५० करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, जानकी फाइनान्सको २२ करोड ३९ लाख रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्सको १५ करोड ३९ लाख रुपैयाँ, कुमारी बैंकको १४ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।