निर्जीवन लघुबीमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३४ करोड नजिक, कुनको कति?

११ पुष २०८१, बिहीबार १३:५८

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनासम्ममा चारवटा निर्जीवन लघुबीमा कम्पनीहरूले ३३ करोड ८८ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच महिनाको अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सार्वधिक बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यस कम्पनीले यस अवधिमा १० करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यसैगरी दोस्रोमा प्राटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले यस अवधिमा ८ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। तेस्रोमा स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले ७ करोड ७२ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यसैगरी ट्रष्ट माइक्रो लाइफ इन्स्योरेन्सले पनि आफ्नो बीमा व्यवसायलाई फैलाउँदै ७ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

यी कम्पनीहरूले १ लाख ३३ हजार ३८५ वटा बीमालेख जारी गरेर यो राशीको बीमाशुल्क आर्जन गरेका हुन्। नेपाल माइक्रोले सर्वाधिक ३९ हजार ८६६ बीमालेख, स्टार माइक्रोले ३५ हजार १०० बीमालेख, प्रोटेक्टिभ माइक्रोले ३० हजार ३६१ बीमालेख र ट्रष्ट माइक्रोले २८ हजार ५८ वटा बीमालेख जारी गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*