निर्जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन १७ अर्ब बढी, कुनको कति ?

११ पुष २०८१, बिहीबार १३:२२

काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १७ अर्ब १७ करोड करोड रुपैयाँ रहेको छ । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्मको अवधिमा उक्त बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

मंसिर मसान्तसम्मको अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन सबैभन्दा बढी रहेको छ । यस अवधिमा कम्पनीले दुई अर्ब १९ करोड रुपैयाँको कुल व्यवसाय गरेको छ ।

दोस्रो नम्बरमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एक अर्ब ७६ करोड रुपैयाँ र शिखर इन्स्योरेन्सले एक अर्ब ६४ करोड रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी तेस्रोमा आईजीआई प्रुडेन्सियलले १ अर्ब ४५ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आजर्न गरेको छ भने चौथो र पाँचौंमा क्रमशः नेको इन्स्योरेन्सले १ अर्ब ४० करोड ३८ लाख रुपैयाँ र हिमालयन एभरेष्टले १ अर्ब ४० करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै एनएलजी इन्स्योरेन्सले १ अर्ब १३ करोड ६ लाख रुपैयाँ, दि ओरिएण्टलले १ अर्ब १२ करोड ६९ लाख रुपैयाँ र यूनाइटेड अजोडले १ अर्ब २ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

सानिमा जिआईसीले ९९ करोड ७४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ९४ करोड ४६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७६ करोड ६८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ६७ करोड ११ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ५४ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*