कञ्चनपुरमा भारतियले जमिन कब्जा गरेकोबारे तुरुन्त जाँचबुझ गर्न झलनाथ खनालको माग

११ पुष २०८१, बिहीबार १३:५०

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनालले कञ्चनपुरमा भारतीयले नेपालको झन्डै एक हजार बिघा जमिन कब्जा गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

कञ्चनपुरको दक्षिणी सिमानास्थित सीमा स्तम्भ २७ र २८ का बीचमा रहेको करिब  एक हजार विघा जमिन भारतियले कब्जा गरेर खेतीपातीसमेत गरिरहेको कुरा जानकारीमा आएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले यस विषयमा तुरुन्त कदम चाल्न सरकारसँग माग गरेका हुन् ।

‘यो अत्यन्त गम्भीर घटना हो। यसरी देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा पनि यो देशको सरकार देख्न सक्दैन, थाहा पाउन सक्दैन र मुलुकको सीमा रक्षा गर्न कुनै कदम चाल्न सक्दैन। यो दुईतिहाइ भनिने भारी भरकम सरकारको अकर्मण्यता, असक्षमता र लापरबाहीको चरम अभिव्यक्ति हो, बिहीबार बिहान खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भारतियले आफ्नो देशको सिमाना कब्जा गर्दा समेत सरकारले त्यसलाई रोक्न कुनै पनि पहल नगरेको समेत आरोप लगाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*